आर्थिक पारदर्शिता तथा मितव्ययिताका लागि बुधबारे जेसीजले आर्थिक नियामावली निर्माण गर्ने

बुधबारे जेसीज वर्ष २०२४ का पदाधिकारीको पहिलो बोर्ड बैठक वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भयो । बैठकले बुधबारे जेसीजले वर्ष २०२४ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न निणयहरु समेत गरेको छ ।

वर्ष २०२४ मा संचालन गरिने कार्यक्रमहरुको सुरुवात पाल्युल देछेन छोइलिङ्ग गुम्बा बुद्धशान्ति ४ मा शान्ति दिप प्रज्वलन, धर्म गुरुहरुलाई सम्मान गर्दै सुरुवात गर्ने साथै बुधबारे जेसीजको नाममा एक महिना सम्म दीप प्रज्वलन गर्न व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बुधबारे जेसीजको आर्थिक कारोबारलाई थप पारदर्शी तथा मित्व्यायी बनाउनका लागि आर्थिक नियमावली बनाउने समेत निणय गरेको छ । सो नियमावली निमार्णका लागि जेसी सुरज दंगाल, जेसी राज पौडेल, जेसी सुजित बराल, जेसी कृष्ण ढकाल र जेसी अनिल घिमिरे सम्मेलित ५ सदस्य समिति समेत निर्माण गरेको छ ।


बुधबारे जेसीजलाई आर्थिक रुपमा सवल बनाउन एक सदस्य दैनिक एक रुपैयाँ बचत गरि एक दीर्घकालिन कोष निर्माण गर्ने समेत निर्णय भएको छ ।

बुधबारे जेसीजका कार्यक्रमहरुलाई प्रभावकारी बनाउनका लागि कार्यकारी उपाध्यक्ष तथा उपाध्यक्षहरुलाई जेसीज मान्यता अनुरुप क्षेत्रगत कार्य बिभाजन गरिएको छ ।

बुधबारे जेसीजले सदस्यता विस्तारका लागि नयाँ सदस्यता आवहान र पुराना सदस्यहरुलाई नविकरणका लागि आवहान गर्ने निर्णय गरेको छ । नयाँ सदस्यताको दरखास्त तथा नविकरण अवधी यही मार्च १५ सम्मको समयावधी तोकिएको छ ।

निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, बोर्डका पदाधिकारी, संयोजकहरु तथा जेसीज सदस्हरु उपस्थित तथा महासचिव गजुहाङ योङहाङले संचालन गरेको बैठक अध्यक्षद्धारा धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *