बेसाहराको सहारा बन्दै बुधबारे जेसीज

बुधबारे जेसीजले मेचीनगर ९ मागुरमाडी स्थित स्वबोध साधना केन्द्र बाल आस्रममा आश्रित बालबालिकाहरुका लागि न्यानो कपडा, खेलकुद सामाग्री, साद्यान्न सामग्री तथा बालबालिकाको व्यक्तिगत सरसफाईका लागि कपाल काट्ने कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबारे जेसीजका अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रका अध्यक्ष बालकृष्ण थपलिया, विषेश अतिथि बुधबारे जेसीजका संस्थापक कार्यकारी उपाध्यक्ष जेसी मनेस दाहाल, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन ढकालको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुद्धशान्ति ३ स्थित स्मिता ब्युटी एकाडेमीले बालबालिको निशुल्क कपाल काट्ने व्यवस्था गरेको थियो, बुद्धशान्ति स्थित यलम्बर फेन्सी स्टोरका संचालक गोपाल राईले बालबालिकाका लागि १५ थान न्याने कपडा, आदर्श यूवा क्लबले एक थान फुटबल, एक थान क्रिकेट व्याट, ६ थान स्किपिङ्ग तथा मनेस दाहालले २ थान व्याटमिन्टन, ६ थान कर्क गरि रु ८५०० बराबरको खेलकुद सामाग्री र बुद्धशान्ति निवासी बादल योङहाङले २० केजी चामल, ५ केजी पिठो, एक केजी मटर र २ केजी मुरै बुधबारे जेसीसलाई निशुल्क प्रदान गरेका थिए । सो सामाग्रीहरु कार्यक्रमका अध्यक्ष लगायत अतिथिहरुले केन्द्रका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

जेसी स्मिता गुरुङ राज्यलक्ष्मी कार्यक्रम संयोजक रहेको कार्यक्रमा विषेश अतिथि, निवर्तमान अध्यक्ष, केन्द्रका अध्यक्ष लगायतले शुभकामना व्यक्त गरेका थिए । जेसी स्मिता गुरुङ राज्यलक्ष्मी बुधबारे जेसीजको इतिहासमा पहिलो महिला कार्यक्रम संयोजक समेत रहेकी छिन् ।

बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक स्मिता गुरुङ राज्यलक्ष्मीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन भने जेजीस आस्था पाठ कार्यकारी उपाध्यक्ष जेसी कुशल अधिकारीले गरेका थिए ।

कार्यक्रमका अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव) ले सहयोगी दाता, सहभागी अतिथी तथा सदस्य, साधना केन्द्र लगायतलाई धन्यवाद ज्ञापन साथै यी बालबालिका एक्लै छैनन्, बुधबारे जेसीज बालबालिका सँगै छ भन्दै आगामी दिनमा समेत बाल आश्रमसँग सहकार्य गरि सामाजिक उत्तरदायीत्व निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *