बुधबारे जेसीजको एघारौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२३ का अध्यक्ष जेसी अर्जुन ढकालले नव निर्वाचित अध्यक्ष जेसी दुर्योधन सिंह राजपुत (देव) लाई जेसीज चेन लगाएर हस्तान्तरण गरेका हुन ।
अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष दुर्योधन सिंह राजपुतले आफ्नो कार्यकालमा बुधबारे जेसीजलाई बुधबारेको माटो सुहाउदो जेजीज बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले वर्ष २०२४ को बोर्डलाई पूर्णता दिँदै विभिन्न पदाधिकारीलाई मनोनयन समेत गरेका थिए ।
बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी अर्जुन ढकालको अध्यक्षतामा तथा कोशी प्रदेश सदस्य माननीय चिन्तन पाठकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रकाश सिवाकोटी, पूर्व अध्यक्ष सेमन्त पोखरेल, प्रकाश भण्डारी, हेमन्त बराल, नन्दकुमार याफू राई, अनिल वाग्ले, निवर्तमान अध्यक्ष मुकेश भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भीम कुवर लगायतका पदाधिकारी, जनप्रतिनिधी, सल्लाहकार, विनिन्न शाखाका पदाधिकारी, स्थानीय संघ संस्था प्रतिनिधि, जग्गादाता, जेसीज सदस्य, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
स्थानीय रामजानकी मन्दिरको सभाहल सम्पन्न कार्यक्रममा वर्षभरी जेसीज अभियानमा जोडिने सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । वर्ष उत्कृष्ठ सञ्चारकर्मीमा ज्ञानु भट्टराई, जेसीज अफ द इयर सुजित बराल र वर्ष उत्कृष्ट जेसीजमा जेसी अनिल घिमिरलाई सम्मान गरिएको थियो । हरेक महिना उत्कृष्ट कार्य गर्ने जेसीजहरुलाई समेत जेसीज अफ द मन्थ अवार्डले सम्मान गरिएको थियो ।
जेसी कृष्ण ढकालको संयोजकत्वमा भएको कार्यक्रममा जेसी विनोद रिजालले जेसीज आस्था पाठ गरेका थिए भने सञ्चालन वर्ष २०२३ का महासचिव कुशल अधिकारी र वर्ष २०२३ का महासचिव गजुहाङ योङ्हाङले गरेका थिए ।